२०८२ असार २, सोमवार , १२:२९:१३ बजे

Sajhamanch
'

सेतोपुलको ढलभित्र फसेका मजदुरको उद्धार

बुधवार, पौष ११, २०८०

काठमाडौं । काठमाडौंको सेतोपुलनजिकै ढल निर्माणका क्रममा पुरिएका एक मजदुरको प्रहरीले उद्धार गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पाँचथरको फिदिम घर भइ काठमाडौंको गौशाला बस्ने २५ वर्षीय योज्ञेन्द्र लिम्बूको उद्धार गरेको हो ।

काठमाडौं प्रहरीका अनुसार ढलको मंगलभित्र रहेका बेला अचानक माटोको ढिस्को खसेर लिम्बू पुरिएका थिए । सो सूचना प्रहरीलाई पुग्नासाथ खटिएको प्रहरी टोलीले मंगलबार उद्धार गरेको थियो ।

सामान्य घाइते अवस्थामा उद्धार गरिएका लिम्बूको बानेश्वर फ्रन्टलाइन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

सम्बन्धित खबर