२०८१ फागुन १४, बुधवार , ०३:०४:३९ बजे

Sajhamanch
'

तथ्यांकमा काठमाडौं र ललितपुरबीचको इलिमिनेटर

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । नेपाल सुपर लिग-२०२३ को प्ले-अफको दोस्रो खेलमा मंगलबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् ।

यो इलिमिनेटर खेल रहेको छ र यसमा पराजित हुने टिमको प्रतियोगितामा चुनौती समाप्त हुनेछ ।

दशरथ रंगशालमा साढे पाँच बजे हुने यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् ।

१. यो खेल यसपल्टको ३८ औं र समग्रमा ६३औं खेल हुनेछ ।

२. यो यसपल्टको दोस्रो प्ले-अफ खेल हुनेछ । समग्रमा यो प्रतियोगिताकै पाँचौं प्ले-अफ खेल हो ।

३. यो खेलको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ । पराजित हुने टिम भने प्रतियोगिताबाट बाहिरिनेछ ।

४. काठमाडौं लिग चरणको समाप्त हुँदा तेस्रो स्थानमा रहेर इलिमिनेटर पुगेको हो । ललितपुर भने चौथो स्थानमा रहेर इलिमिनेटरका लागि छनोट भएको हो । लिग चरणको अन्तिम खेल यी दुई टिमबीच नै रहेको थियो ।

५. काठमाडौंले समग्रमा प्ले–अफको तेस्रो खेल खेल्दैछ । वर्ष ०७८ मा काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग २-१ ले पराजित भएको थियो ।त्यसपछि दोस्रो क्वालिफायरमा उसले ललितपुरलाई ३-० ले हराएको थियो ।

६. ललितपुर पनि समग्रमा तेस्रो प्ले-अफ खेल्दै छ । वर्ष ०७८ मा ललितपुरले बुटवल-लुम्बिनी एफसीलाई इलिमिनेटरमा १-० ले हराएको थियो । त्यसपछि काठमाडौंसँग दोस्रो क्वालिफायरमामा हारेको थियो ।

७. अहिलेसम्म काठमाडौं र ललितपुरबीच तीन खेल भएका छन् । त्यसमध्ये दुई लिग चरणमा रहेका छन् । वर्ष ०७८ को लिग चरणमा काठमाडौं १-० ले विजयी रहेको थियो । यसपल्टको लिग चरणको खेलमा पनि काठमाडौं १-० ले विजयी रहेको थियो ।

८. प्ले-अफमा काठमाडौं र ललितपुर एकैपल्ट मात्र भिडेका छन् र त्यसको नतिजा काठमाडौंको पक्षमा रहेको थियो ।

९. ललितपुरले काठमाडौंविरुद्धका सबै तीन खेलमा हार मात्र बेहोरेको छैन्, यी तीनै खेलमा कुनै गोल पनि गर्न सकेको छैन् ।