
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा १९ करोड रुपैयाँभन्दा बढीको तास आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार पाँच महिना (साउन–मंसिर) मा १९ करोड ५१ लाख १५ हजार रुपैयाँको तास आयात भएको छ ।
नेपालमा चीन, हङकङ भारत र युकेबाट तास आयात हुन्छ । चीनबाट १७ करोड ६९ लाख १० हजार, भारतबाट एक करोड ८२ लाख दुई हजार र युकेबाट दुई हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ ।
नेपालले तास आयातबाट पाँच ११ करोड ७८ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।