२०८१ फागुन १४, बुधवार , ०५:३१:५६ बजे

Sajhamanch
'

महिला क्रिकेटमा मधेशमाथि एपीएफको सानदार जित

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा एपीएफले मधेश प्रदेशमाथि १० विकेटको सानदार जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा जितका लागि पाएको ४१ रनको सामान्य लक्ष्य एपीएफले बिना क्षति छैटौं ओभरमा भेट्टायो । एपीएफका सीता राना मागर १९ र ज्योति पाण्डे १६ रनमा नट आउट रहे ।

यसअघि पहिला ब्याटिङ गरेको मधेशका खेलाडी एपीएफका बलरसामु निरिह सावति भएका थिए । मधेशले १९.२ ओभरमा अल आउट हुनु अघि ४० रन मात्र बनाएको थियो । मधेशका लागि सबैभन्दा धेरै प्रतिमा साहले १५ रन बनाइन् ।

बलिङतर्फ एपीएफकी कप्तान सिता राना गमरले २.२ ओभर बलिङ् गर्दै मात्र २ रन दिएर ३ विकेट लिइन् । यस्तै रेखा रावलले ४ ओभरमा ४ रन दिँदै २ तथा सुमन विष्टले ३ ओभरमा ४ रन दिँदै २ विकेट नै लिइन् ।

आफ्नो पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको एपीएफको यो लगातार दोस्रो जित हो । मधेश भने पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो ।

सम्बन्धित खबर