२०८२ कार्तिक १५, शुक्रवार , ०८:२०:३४ बजे

Sajhamanch
'

जिम्मेवारी, वियोग र बदला समेटिएको ‘चित्रा’को टिजर सार्वजनिक

बुधवार, पौष ४, २०८०

नेपाली चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा छोरीप्रति बाबुको उत्तरदायित्वलाई देखाइएको छ । जिम्मेवारी, वियोग र बदला समेटिएको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् ।

घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, सुवेक्षा खड्का, प्रमोद अग्रहरी, अन्जना बराइली, मेनुका प्रधानलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको कथा अजय अधिकारीले लेखेका हुन् ।

चलचित्र यही पुस २७ गते रिलिज हुँदैछ । निर्माण पक्षले टिजर सार्वजनिक गर्दै सिनेमाको प्रचार सुरु गरेको हो ।

सम्बन्धित खबर

देशभर चलचित्र ‘परान’ प्रदर्शनमा
शुक्रवार, कार्तिक १५, २०८२
भद्रपुरमा गंगा आरतीसहितको छठपूजा
सोमवार, कार्तिक ११, २०८२
नदी किनारमा छठ पूजाको तयारी तीव्र
आइतवार, कार्तिक १०, २०८२