२०८१ कार्तिक २९, बिहिवार , ०९:५७:५८ बजे

Sajhamanch
'

शिक्षा बहुउद्देश्यीय सहकारीका उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत

शनिवार, कार्तिक ४, २०८०

बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुई कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११औँ वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणिकरण सभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानेका अनुसार पाँचवटा सेवा केन्द्रमध्ये धुलाबारी सेवा केन्द्र उत्कृष्ट भएको छ । सदस्य सेवा केन्द्र शनिश्चरेमा कार्यरत बजार सहायक टीका भट्टराई र सदस्य सेवा केन्द्र चैतुबारीमा कार्यरत बजार सहायक लक्ष्मण राजवंशी उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका छन् ।

उत्कृष्ट कर्मचारीलाई अध्यक्ष न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि सहकारी अधिकृत डिल्ली दाहाल, लेखा समितिका संयोजक युवराज निरौला, उपाध्यक्ष हेमराज मिश्र, सचिव सूर्यकुमार खतिवडा लगायतले नगदसहित पुरस्कार प्रदान गरेका थिए ।

सम्बन्धित खबर