२०८१ मंसिर १२, बुधवार , १२:१५:४३ बजे

Sajhamanch
'

एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिता : आयोजक एकता स्पोर्टिङ क्लब अन्तिम चारमा

आइतवार, असोज २८, २०८०

बिर्तामोड । आशिष चापागाईंको तीन गोल मद्दतमा आयोजक एकता स्पोर्टिङ क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा चन्द्रगढीको ब्रदर्स युनाइटेड क्लबलाई हराउँदै एकताले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाएका थिए । उत्कृष्ट फिनिसिङ र लयमा रहेका युव खेलाडीले भरिएका दुवै टिमको खेल आकर्षक थियो । एकताले बद्रर्सलाई ४–२ गोल अन्तरले हराएको हो ।

खेलको सातौँ मिनेटमा एकताका सुशील राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, आशिषले खेलको १७औँ, ३८औँ र ५२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

ब्रदर्सका तर्फबाट २०औँ मिनेटमा भाइचुङ राई र २८औँ मिनेटमा कर्ण लिम्बूले गोल गरेका थिए । निर्णायक युवराज बजगाईंले गलत निर्णय गरेको भन्दै ब्रदर्सका खेलाडीले केहीबेर खेल रोकेका थिए ।

आजको खेलको प्लेयर अफ दि म्याच एकताका आशिष चापागाईं भए । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाले नगद तीन हजार रुपैयाँ प्रदान गरेका थिए ।

सम्बन्धित खबर