कचनकवल । झापाको कचनकवल गाउँपालिका वडा नं. १ घेरावारी स्थायी घर भएका मिर्गौला रोगबाट पीडित प्रदीपनारायण राजवंशीले उपचारको लागि आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेका छन् ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि झापाबासीसँग राजवंशीले उक्त अनुरोध गरेका हुन् । मिर्गौला रोगसँग लड्न महंगो खर्च लाग्ने भए पछि ३५ वर्षे राजवंशीले आफ्नो एकल प्रयासमा उपचार असम्भव भएपछि सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि आग्रह गरेको बताए ।
केही महिनायता दुवै मिर्गौलाले काम नगर्ने अवस्था आएपछि हाल ओम साई पाथीभरा अस्पताल भद्रपुरमा डायलासिस गरिरहेका राजवंशी कमजोर आर्थिक अवस्थाकै कारण मिर्गौला प्रत्यारोपण गर्न नसक्ने परिस्थितिमा रहेको दुखेसो पोख्छन् ।
उनले आर्थिक अभाव भएको कारणले सहयोगका लागि सबै नेपाली मनसित हात फैलाएको बताए । देश विदेशमा रहेका मनकारी महानुभावहरूमा सहयोगको अनुरोध गर्दै राजवंशीले बाँच्ने अवसर निर्माण भए समाज र देशका लागि केही न केही योगदान दिन सक्ने प्रष्ट पारेका छन् ।
परिवारको दायित्वसमेत बोकिरहेका राजवंशीका ३ छोरीहरू १२, ९ र ७ वर्षका छन् । उनले सहयोग गर्नको लागि मोवाइल नम्बर ९८२६०९०२४४ र प्रदिपकुमार राजवंशीको एनआईसि एसिया बैंकको खाता नम्बर २०३५७५२९४११८६००१ मा सहयोग गरिदिनसमेत अपील गरेका छन् ।