
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले मनाङ एयरका होलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ । मनाङ एयरका होलिकोप्टर लगातार दुर्घटना भएपछि प्राधिकरणले उडानमा प्रतिवन्ध लगाएको हो ।
जुलाई ११ मा ९एन–एएमडब्ल्यू र आज ९एन–एएनजे कल साइनका हेलिकोप्टर दुर्घटना भएका हुन् ।
मनाङ एयरका हेलिकोप्टरको खराब उडान सुरक्षाका कारण एयर अप्रेटर सर्टिफिकेट निलम्बन गरिएको प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भुलले बाह्रखरीलाई जानकारी दिए ।