२०८१ माघ १२, शनिवार , ०५:५३:४१ बजे

Sajhamanch
'

कञ्चनजंघालाई हराउँदै बिएसके फाइनल प्रवेश

बिहिवार, असोज २५, २०८०

मानेभञ्ज्याङ (भारत) । बिएसके जलपाइगुडी सातौं मानेभञ्ज्याङ गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको हो ।

खेलको सुरुवातबाट दबाब बनाएको जलपाइगुडीले ५औ मिनेटमा अग्रता बनाउन सफल रहयो । करण राईले जलपाइगुडीका लागि फ्रिकिक मार्फत पहिलो गोल गरेका हुन् ।

१९औ मिनेटमा सिलिगुडीले खेल बराबरी गर्न सफल रह्यो । १९औ मिनेटमा अनिश राईले फ्रिकिक मार्फत गोल गरेका थिए ।

२३औ मिनेटमा करणले व्यक्तिगत दोश्रो गोल गरे । २६औ मिनेटमा पेनाल्टी मार्फत खेल बराबरी गर्न अवसरलाई अनिश राईले खेर फाले । स्टेफेनले डीबक्सभित्र लडाएपछि पाएको अवसर बारमा लागेर फर्किएको थियो ।

दोश्रो हाफको सुरुवातमै सिलिगुडीका अविशेक लिम्बू रातो कार्ड खाँदै मैदान बाहिरिएको फाइदा उठाएर जलपाइगुडीले थप ५ गोल गर्न सफल रहयो । दोश्रो हाफको २ मिनेट नबित्दै स्टेफेन समिर माथि फाउल गरेपछि उनले कार्ड पाएका थिए ।

लगतै करण राईले फ्रिकिकमा गोल गर्दै ह्रयाट्रिक पूरा गरे । ४५औ मिनेटमा करणको प्रहारमा गोलरक्षकबाट रिबाउन्ड भएर आएको बललाई स्टेफेनले जाली चुमाउँदै गोल अन्तर ४–१ बनाए ।

४९औ मिनेटमा प्रतिक लामाको क्रसलाई सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुनियरले गोल गरे । ५६औ मिनेटमा अनिश राईको पासलाई राम राईले जाली चुमाउँदै गोल अन्तर ५–२ मा झारे ।

६१औ मिनेटमा स्टेफेनको क्रस पासमा गोलरक्षकलाई नघाउँदै जुनियरले व्यक्तिगत दोश्रो गोल गरे । इन्जुरी समयमा स्टेफेनले गोल गरेपछि ७–२ गोल अन्तरको साथ जलपाइगुडी फाइनल प्रवेश गरेको हो ।

खेलको म्यान अफ दि म्याच जलपाइगुडीका करण राई घोषित भए । प्रतियोगिताको दोश्रो सेमीफाइनल खेल चाँद एफसी र टेरिटोरियल आर्मीबीच हुनेछ ।

सम्बन्धित खबर