२०८१ मंसिर १२, बुधवार , १२:२०:४८ बजे

Sajhamanch
'

कांग्रेस झापा सम्मेलन : महामन्त्रीका कुरा यस्ता

शनिवार, असोज २०, २०८०

झापा । नेपाली कांग्रेसका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको जिकिर गरेका छन् ।

नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवं नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उनले यसको प्रचार–प्रसार गरेर कांग्रेसप्रति जनआकर्षण बढाउन कार्यकर्तालाई निर्देशन पनि गरेका थिए ।

नेपालमा उडान भर्ने आकाशे मार्गको अनुमतिविना अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुभन्दा ७ वटा प्रादेशिक प्राविधिक शिक्षालय निर्माण, रोजगारमूलक शिक्षा, आयआर्जन बृद्धि गर्ने खालका विकासे योजना ल्याउन सरकारलाई उनको सुझाव थियो ।

सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस समाजको अभिभावक पार्टी भएको बताउँदै कांग्रेसकै काँधमा बढी जिम्मेवारी भएको जिकिर गरे ।

हारको मानसिकताले निराश र जितको मानसिकताले बढी उत्साहित नभई संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै महामन्त्री शर्माले सामाजिक एकतालाइ कायम राख्ने गरी कांग्रेसले नीतिगत निर्णय गर्न जरुरी रहेको बताए ।

‘मंसिर ४ मा कांग्रेस निर्वाचित ठूलो दल भयो । पुस १० मा गठबन्धन टुट्यो र सत्ताबाहिर भयो । फेरि राष्ट्रपति निर्वाचनमा गठबन्धन बनेर कांग्रेस सरकारमा गयो । यी तीनवटै स्टेजलाई हारको मानसिकता राख्ने उत्तेजित हुने विषय नभएको उनको बसझाई थियो ।

महामन्त्री शर्माले भने ‘गाउँमा बेण्ड बाजा बज्दा नाच्न खोज्नु ठिकै हो तर मै बेहुलो बन्छु भन्ने धारणा राख्नु हुँदैन।’ शर्माले सांकेतिक रुपमा नयाँ राजनीतिक दलले बेण्ड बाजा बजाए पनि परिवर्तनको आभाष दिन नसक्ने टिप्पणी गरेका थिए ।

सम्बन्धित खबर