२०८१ फागुन १२, सोमवार , ०१:१८:४५ बजे

Sajhamanch
'

गुल्मीमा माटोको ढिस्कोले पुरिँदा किशोरको मृत्यु

सोमवार, असोज ८, २०८०

रेसुंगा । गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्ती रहेका छन् ।
रेसुंगा नगरपालिका–३, भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

यसैगरी सोही पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका थिए । घाइतेहरूको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टमपश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर