शिवसताक्षी । देश व्यापापी रुपमा शिक्षकहरुले शिक्षा विद्येक २०८० विरुद्ध आन्दोलन गरिरहेका बेला शिवसताक्षी नगरपालिकाका शिक्षकहरु आन्दोलित भएका छन् ।
आज शिवसताक्षी नगरपालिका कार्यालयमा शिक्षकहरुले शिक्षा विद्येक विरुद्ध कोण सभा गरेर विरोध जनाएका हुन् ।
देश भरका शिक्षकहरु शिक्षा विद्येक विरुद्ध आन्दोलनका लागि काठमाण्डौ केन्द्रित भएका बेला शिवसताक्षी नगरपालिका क्षेत्रमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरु नगरपालिका कार्यालयमा गएर विरोध जनाएका हुन ।
विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आज झापाका स्थानीय तहहरूमा शिक्षकहरूले धर्ना दिएका छन् ।
शिक्षक महासंघले गत शुक्रबार पत्रकार सम्मेलन गरी २० बुँदे माग राख्दै प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।
यता शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिक्षा विद्येक विरुद्ध भएको आन्दोलनलाई समर्थन गरेका छन् । उनका अनुसार गाउँपालिका महासंघ र नगरपालिका महासंघले पनि शिक्षा विद्येक विरुद्ध सबै एक जुट भएर लाग्न परिपत्र गरेको छ ।
सरकारले शिक्षकहरुलाई अन्याय हुने विद्येकका विरुद्ध हामी स्थानीयतहरुले समर्थन गरेर जाने उनले बताए । समाजको ऐनाको रुपमा हेरिने शिक्षकहरु माथि अन्याय भए शिक्षाको गुणस्तर विद्यालयमा पूर्ण असर पर्छ । उनले भने, संघीय सरकारले शिक्षा विद्येक सच्याएर शिक्षकहरुका जायज माग पुरा गरेर अघि पढ्नु नै राम्रो हुन्छ ।
शिक्षक महासंघ शिवसताक्षीले यस अघि नै शिक्षा विद्येक विरुद्ध शिवसताक्षी नगरपालिकामा ज्ञापन पत्र बुझाइएको शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनु कार्कीले जानकारी दिए । शिक्षा विद्येक विरुद्ध आन्दोलनमा अन्य संघ संगठनहरुले समर्थन जनाउन थालेका छन् । शिवसताक्षी नगरपालिकामा एक शिक्षा विद्येक विरुद्ध १ घण्टा कोण सभा गरिएको अध्यक्ष कार्कीले बताए ।