२०८१ माघ २५, शुक्रवार , ०३:४२:४८ बजे

Sajhamanch
'

एनसिडिए केन्द्रीय सदस्यमा झापाका गुप्ता र शर्मा निर्वाचित

मङ्गलवार, भदौ २६, २०८०

बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को वीरगञ्जमा सम्पन्न १४ औँ केन्द्रीय अधिवेशनबाट झापाका दुईजना व्यवसायी निर्वाचित भएका छन् ।

झापाबाट संघ झापा शाखाका अध्यक्ष गौतम गुप्ता (थोक) र कोशी प्रदेश कार्यसमिति सदस्य कञ्चन शर्मा खतिवडा (खुला) निर्वाचित भए हुन् ।

त्यस्तै, मोरङबाट कोशी प्रदेशका उपकोषाध्यक्ष प्रदिप दास (खुद्रा) निर्वाचित भए । गुप्ता र दास निर्विरोध भएका हुन् भने शर्मा चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भए ।

सम्बन्धित खबर