२०८१ असोज ३, बिहिवार , ०७:३८:०६ बजे

Sajhamanch
'

रुपेश्वर शिव पाञ्चायन मन्दिरका १६४ जना दातालाई सम्मान

शनिवार, भदौ २३, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ४ आनन्दगंजस्थित रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माणमा सहयोग पुर्याउने दातालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

आनन्दगञ्ज भजन कीर्तन मण्डलीले २०५७ सालबाट बालादेवी खरेलको अध्यक्षतामा भजन कीर्तन गर्दै आएको र छविलाल प्रसाईले मन्दिरका नाममा साढे ११ धुर जमिन प्रदान गरेँंगै सहयोग जुटाएर रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माण गरिएको थियो । भजन कीतन २०७१ सालसम्म नियमित सञ्चालन गर्दै आएको र श्रीप्रसाद खरेलको नेतृत्वमा जग्गा खोजी गर्दै मन्दिर निर्माण कार्य अघि बढाइएको थियो ।

मन्दिर निर्माण सम्पन्नसँगै जग्गादाता स्व. छविलाल प्रसाईकी धर्मपत्नी खगमाया प्रसाईलाई सम्मान गरिएको हो । बिर्तामोड साना सहकारी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दातालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा रुपेश्वर शिव पाञ्चायन मन्दिरलाई जग्गा प्रदान गर्ने छविलाल प्रसाई, गंगाप्रसाद प्रसाई, सुधीरकुमार शिवाकोटी, नन्दराम प्रसाई, चन्द्रप्रसाद खरेल, तीलमाया कार्की, चूडामणि पाठक, खड्ग प्रसाई, बिर्तामोड नगरपालिका ४ नम्वर वडा कार्यालय, सन्तोष राजवंशी, राम राजवंशी, शेरबहादुर थापा, दीलिप बस्नेत, दिपेन्द्र समाल, राधा पाठक, प्रकाश शिवाकोटी, सजेश शिवाकोटी, यम कार्की, खगेन्द्र मैनाली, देवी घिमिरे, सञ्जीव चापागाई, मानबहादुर श्रेष्ठ, गंगा उप्रेती, कृष्ण उप्रेती, जगन्नाथ महतो, सुजाधर महतो, योगेन्द्र खरेल, मोहन खरेल, उत्तम खनाल, नारायण खरेल, श्रीप्रसाद खरेल, रमेश थापा मगर, महेन्द्र पाठक, मेदनी पाठक, हरि दाहाल लगायत १६४ जना रहेका छन् ।

सो समारोहमा तीज मिलन कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रममा सहभागी महिला दिदी बहिनीहरुलाई सामुहिक दर खुवाइएको थियो । कार्यक्रमको सञ्चालन रुपेश्वर शिव पाञ्चायन मन्दिरका सचिव चन्द्रप्रसाद खरेलले गरेका थिए ।

सम्बन्धित खबर