दमक । राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले आज ३० विपन्न घर परिवार्लाइ झुल वितरण गरेको छ ।
दमक ४ स्थित जानकी टोलका विपन्न परिवारलाई झुल हस्तान्तरण गरिएको युवा संघ दमकका अध्यक्ष बिवेक भट्टराईले बताएका हुन् ।
युवा संघ दमक इन्चार्ज राम पौडेलले झुल उपलब्ध गराएका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, प्रदेशसभा सदस्य होमबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।