![](https://sajhamanch.com/wp-content/uploads/2023/09/375266706_3636857893210802_4116917165741991285_n_Fe2ZmWMF8V.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।
नेता खतिवडाकी आमा ८० वर्षीया मालती खतिवडाको मंगलबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । खतिवडाको मंगलबार दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय खतिवडाका तीन छोरी र एक छोरा रहेका छन् ।