२०८२ असार १५, आइतवार , ०४:२७:२१ बजे

Sajhamanch
'

रुकुममा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु

सोमवार, भदौ १८, २०८०

रुकुम । रूकुम पश्चिममा खोलाले बगाउदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना बुढाथोकी रहेकी छन् ।

आइतबार बेलुकी बिद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुवैको शव डेढ सय मिटर तल फेला परेको थियो ।

सम्बन्धित खबर