२०८२ जेठ ५, आइतवार , ०५:५९:४६ बजे

Sajhamanch
'

च्याब्रुङ बजाउँदै कोशी प्रदेश नामकरणको विरोध

आइतवार, भदौ १७, २०८०

काठमाडौँ । किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर कोशी प्रदेशको नामकरणको विरोधमा ललितपुरमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । ५ सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोकबाट ललितपुर एकान्तकुनास्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयसम्म विरोध र्‍यालीको आयोजना गरिएको हो ।

प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पहिचानको आधारमा लिम्बुवानरकिरात कायम गर भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा कुरुम्बाङ संजुम्भो परिवार, किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमिति, चेम्जोङ वंश उत्थान संघलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर