२०८२ असार १५, आइतवार , १०:२१:३७ बजे

Sajhamanch
'

एक साताअघि नै जन्मिएका थिए बालेनका जुम्ल्याहा छोरी, समाचार बाहिर नल्याउन अस्पतालसँग सहमति

आइतवार, भदौ १७, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पत्नी सबिनाले एक साताअघि नै दुई शिशुलाई जन्म दिएको खुलेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा सबिनाले एक सातअघि नै दुई छोरीलाई जन्म दिएको अस्पताल स्रोतले बताएको छ ।

जुम्ल्याहामध्ये एक छोरी मात्र जीवित रहेको र ति शिशुको एनआईसीयूमा उपचार भइरहेको बताइएको छ । सबिना भने दुई दिनअघि नै डिस्चार्ज भएको र छोरीलाई अझै केहीदिन अस्पतालमै राख्नुपर्ने भनिएको छ ।

अस्पताल स्रोतले दिएको जानकारीअनुसार समय नपुग्दै सबिनालाई बेथा लागेको थियो । त्यसपछि अस्पताल भर्ना गरिएको थियो ।

आफ्नो सन्तानको जन्मबारे बालेनले ‘मलाई यसबारे कसैलाई जानकारी दिनु छैन, मिडियामा पनि प्रचार गर्नु छैन, यहाँबाट पनि कुनै जानकारी बाहिर नजाओस् भनेर’ अस्पतालसँग सहमति गराएको स्रोतले बतायो ।

छोरी अस्पतालको एनआईसीयूमा नै राखिएकाले सबिना शनिवार दिउँसो अस्पताल पुगेर फर्किएको बताइएको छ । महानगरपालिकाको सरकारी गाडीमा रहेको र सोही गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो ।

सोही घटनालाई लिएर बालेनले आगामी दिनमा महानगरको गाडी रोकिए सिंहदरबारमा आगो लगाउने धम्कीसहितको फेसबुक स्टाटस लेखेका थिए । स्टाटसको व्यापक आलोचना भएपछि आइतबार बिहान बालेनको अफिसियल मिडियाको रुपमा प्रयोग हुँदै आएको रुटिन अफ नेपाल बन्दले बालेन दम्पतीलाई लक्ष्मी प्राप्त भएको भन्दै बधाईसहितको पोष्ट राखेको थियो ।

सम्बन्धित खबर