२०८१ फागुन १, बिहिवार , ०९:१८:३७ बजे

Sajhamanch
'

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

शनिवार, भदौ १६, २०८०

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट विद्यार्थीले शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन् । ‘अस्वाभाविक’ मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघको अगुवाइमा प्रदर्शन गरिएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य वस्तुको भाउ बढ्ने र त्यसको असर विद्यार्थीसहित सर्वसाधारणमा पर्ने भन्दै विरोध गरिएको थियो ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘विद्यार्थीहरूलाई ग्यास सहुलियत गर’ लगायत नारा लेखिएका प्लेकार्ड र खाली सिलिन्डर प्रदर्शन गरेका थिए ।

गएको बिहीबार नेपाल आयल निगम सञ्चालक समितिको बैठकबाट खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २३५, पेट्रोलको प्रतिलिटर चार र डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँले बढाइएको थियो ।

सम्बन्धित खबर