२०८२ जेठ ४, शनिवार , १०:५९:१६ बजे

Sajhamanch
'

मिर्गौला प्रत्यारोपणको खर्च सहयोग गर्न प्रदीप श्रेष्ठका परिवारको अपिल

आइतवार, भदौ १०, २०८०

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीबारे बजारका २५ वर्षीय प्रदीप श्रेष्ठको मिर्गौला खराब भई प्रत्यारोपण गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण सो काममा समस्या भएको परिवारले जनाएको छ ।

आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठ परिवारले प्रदीपको दुवै मिर्गौला फेल भएर उपचार भइरहेको, मिर्गौला दान गर्न दाता पनि तयार भएको तर प्रत्यारोपणमा ठूलो रकम खर्चनु पर्ने भएपछि अहिले समस्यामा रहेकाले सहयोग गरिदिन सबैैमा अपील गरेको हो ।

लगभग १७ दिनअघि प्रेसर बढेपछि उनलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको परीक्षणपछि दुवै मिर्गौला खराब भएको श्रेष्ठको उपचारमा संलग्न डाक्टरले बताएका उनका दाजु नारायण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठको उपचारमा आर्थिक सहयोगका लागि स्थानीयहरुको भेलाले ‘प्रदीप श्रेष्ठ बचाउ’ अभियान अन्तरगत आर्थिक संकलन समिति निर्माण गरेका छन् । समितिको संयोजकमा प्रदीका दाजु नारायण श्रेष्ठलाई राखिएको छ ।

हाल प्रदीप काठमाडौंको भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेको जनाइएको छ । उनलाई मिर्गौला दान गर्न उनकै परिवार भित्रका दाजु बिष्णु श्रेष्ठ तयार रहेको जनाइउको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणमा लाग्ने खर्चका लागि उनका बुवा मणिकुमार तथा आमा इन्दिराकुमारी श्रेष्ठले सबैलाई सहयोगको लागि अपिल गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि करिव १०–१२ लाख रुपैयाँ खर्च हुने उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायणले शुभेच्छुकहरुलाई जानकारी दिए ।

आर्थिक सहयोग जुटाउन निर्माण भएको समितिले शनिबारदेखि नै काम सुरु गरेको छ । बिहीबारे बजारमा राखेको भेलामै ३७ हजार ६३० रुपैयाँ संकलन गरेको समितिका सदस्य अर्जुन रेग्मीले जानकारी दिए ।

प्रदीको उपचारमा सहयोग गर्ने देश तथा बिदेशमा रहेका आफन्त, साथीभाई, विभिन्न सामाजिक संघ–संस्था, स्थानीय सरकारसमेत सबैमा श्रेष्ठ परिवारले आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

उनको उपचारमा आर्थिक सहयोग गर्ने इच्छुकले प्राइम कर्मसियल बैंकमा उनका दाजु नारायण श्रेष्ठको नाममा रहेको खाता नम्बर १०६००४५६ पिडिमा सहयोग गर्न सकिने जनाइएको छ । प्रदीपको स्वास्थ्य अवस्थाबारे जानकारी लिन वा प्रत्यक्ष भेटेर सहयोग गर्न मोबाइल नम्बर ९८१४९९८९४१ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सम्बन्धित खबर