![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Nepal-Police1636995074-1.jpeg)
काठमाडौं । नेपाल प्रहरीले १४ प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरीले आइतबार सूचना जारी गर्दै सातदिन भित्र हाजिर हुन निर्देशन दिएको हो । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा समेत कार्यालयको सम्पर्कमा नआएका कारण सूचना जारी गर्दै सम्पर्कमा आउन आग्रह गरेको हो ।