२०८१ पौष २१, आइतवार , ०७:४४:२४ बजे

Sajhamanch
'

जनतालाई नयाँपनको महसुस हुने गरी काम गर्दैछौँ : उपप्रधानमन्त्री खड्का

शनिवार, भदौ ९, २०८०

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार केन्द्र भागमा राखेर अघि बढिरहेको उल्लेख गरे।उनले भएका कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी सरकारको रहेको बताए।

उपप्रधानमन्त्री खड्काले सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि सरकारले नयाँ कार्ययोजना बनाइरहेको बताए। उनले सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासति बनाउँदै आम नेपाली जनतामा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँपनको गतिको अनुभव आम नागरिकले मशसुस गर्नेगरी सरकार अघि बढिरहेको बताए।उनले सरकार दोषी छुट्नु हुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने पक्षमा काम गरिरहेको बताए।

सम्बन्धित खबर