२०८१ पौष १२, शुक्रवार , ०८:१४:०६ बजे

Sajhamanch
'

बाढीले ओलाङ्चुङगोलामा ५ काठेपुल बगायो,आवत-जावतमा समस्या

शुक्रवार, भदौ ८, २०८०

ताप्लेजुङ । अबिरल बर्षासंगै नदी तथा खोलामा बढेको पानीको सतहका कारण ताप्लेजुङको दुर्गम गाउँ फक्ताङ्लुङ गाउँपालिका वडा नं-७ ओलाङ्चुङगोलाका बिभिन्न स्थानमा रहेका ५ वटा काठे पुल बगाएको छ।

फक्ताङ्लुङ गाउँपालिका वडा नं-७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङ शेर्पाका अनुसार द ग्रेट हिमालयन ट्रेल अन्र्तगत याङ्मा नदी माथि रहेको याङ्मातर्फ जाने ढासा काढेपुल, याङ्मा नदी माथि रहेको ओलाङ्चुङगोलाबाट पापुङतर्फ जाने जरि काठे पुल र र द ग्रेट हिमालयन ट्रेल अन्र्तगत तमोर नदी माथि रहेको ओलाङ्चुङगोलाबाट संखुवासभाको थुदामतर्फ जाने छोथाङ्गा काठेपुल बाढीले बगाएको हो।

यस्तै तमोर नदी माथि रहेको ओलाङ्चुङगोलाबाट सीमावर्ती क्षेत्र टिपताला हुँदै नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बततर्फ जाने दिगासम्बा काठेपुल र तमोर नदी माथिकै बाकाङ काठेपुल बाढीले बगाएको छ। बाढीले यि पुल बगाएपछि छोटो मार्ग हुँदै उक्त स्थानहरुतर्फको आवातजावत बन्द भएको छ। वडाध्यक्ष शेर्पाले बाढीले पुल बगाएका क्षेत्रहरुमा फेरी पुल निर्माणको काम थालनी गरी छोटो मार्ग हुँदै गरिने यातायात सहज बनाउने तयारी गरिएको जानकारी दिए।

सम्बन्धित खबर