२०८१ माघ ३०, बुधवार , ०६:३७:४१ बजे

Sajhamanch
'

सप्तकोसीसहित यी नदीमा बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

शुक्रवार, भदौ ८, २०८०

काठमाडौं । देशका विभिन्न सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य रूपमा बढ्दो छ ।

सप्तकोसी नदी चतरामा जलसतह बढ्दो क्रममा छ । त्यहाँ जलसतह सतर्कता तहनजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, तमोर, सुनकोसी र अरूण नदीमा पनि जलसतह बढ्दो छ । उदयपुर, सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा आज साँझसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“भदौ ८ बिहान ९ बजे । सप्तकोसी नदी चतरामा जलसतह बढ्दो छ र सतर्कता तह ९६ मि नजिक पुगेको छ । तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्मै उच्च सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर