२०८१ मंसिर १४, शुक्रवार , ११:५८:३१ बजे

Sajhamanch
'

कांग्रेसको गौरीगञ्ज सम्मेलन सम्पन्न

बिहिवार, भदौ ७, २०८०

गौरीगञ्ज । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राजनीतिक परिवर्तनका लागि गरिएका आन्दोलन सफल भइसकेको बताउँदै अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आह्वान गरेका छन् ।

नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिको बुधबार आयोजित सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला सभापति थेवेले पार्टी र जनप्रतिनिधिबीच समन्वय गरेर स्थानीय आवश्यकता अनुसार प्राथमिकताका आधारमा योजना छनौट गर्न र विकास निर्माण एवं जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यक्रम सञ्चालन गर्न आह्वान पनि गरेका छन् ।

गाउँ सभापति अघनुप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य मखना महतो, महाधिवेशन प्रतिनिधिहरु कात्तिकलाल राजवंशी, रोहितकुमार शाह, अनिलकृष्ण प्रसाई, ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले पार्टी कार्यकर्तालाई योगदान र सक्रियताको आधारमा अवसर प्रदान गरिनुपर्ने, पार्टीभित्रको गुट उपगुट समाप्त हुनुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउन योजनाबद्ध तरिकाले प्रशिक्षण सञ्चालन गरिनुपर्ने लगायतका धारणा राखेका थिए ।

गाउँ समितिका सहसचिव राजेन्द्र ताजपुरियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोपाल ताजपुरियाले गरेका थिए ।

सम्बन्धित खबर