![](https://sajhamanch.com/wp-content/uploads/2023/08/1691224800_prachanda-1200x560-1.jpg)
काठमाडौँ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले सामाजिक संजालबाट सवारी दुर्घटनामा परी ज्यान गुमाउने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गरेका छन्।
उनले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन समेत दिएका छन्।