२०८१ माघ २९, मङ्गलवार , ०७:३७:१५ बजे

Sajhamanch
'

९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ, गत वर्षभन्दा कम

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । यस वर्ष धान रोपाइँ घटेको छ । कुल क्षेत्रफलमध्ये यो वर्षको भदौ १ गतेसम्म १३ लाख ७५ हजार १३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल क्षेत्रफलमध्ये भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षको साउन २८ गतेसम्म १४ लाख २७ हजार ९०२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

यस वर्ष मधेस, वाग्मती, गण्डकी प्रदेशमा कमी आएको छ । सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशमा भने सबैभन्दा बढी भएको छ । सुदूरपश्चिम र कर्णालीमा ९९ प्रतिशत तथा कोसीमा ९७ प्रतिशत रोपाइँ भएको छ ।

मधेसमा भने रोपाइँ हुने कुल क्षेत्रफल मध्ये ८२ प्रतिशत भएको छ । तराईमा कुल चार लाख एक हजार ६५० हेक्टर जमिनमा रोपाइँ गर्न सकिन्छ । तर, भदौ १ गतेसम्म तराईमा तीन लाख ३१ हजार १६५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

गत वर्ष कुल १४ लाख २७ हजार ९०२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।