![](https://sajhamanch.com/wp-content/uploads/2023/08/saptakoshi-1691984509.jpg)
काठमाडौ । सुनसरीमा धेरै भारी वर्षा मापन भएको छ।
बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत चौबिस घन्टामा चतरा स्टेशनमा धेरै भारी वर्षा मापन भएको हो।
पछिल्लो २४ घन्टामा त्यहाँ १५४ मिलिमिटर वर्षा भएको छ।
त्यहाँ पछिल्लो एक घन्टामा ७.४ मिलिमिटर वर्षा भएको छ। वर्षाका कारण सप्तकोशीमा पानीको बहाब केही बढेपनि सतर्कता तहमुनी नै छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सोमबार मध्याह्न १२ बजे सप्तकोशीको बहाव १ लाख ४८ हजार ४९८ क्यूसेक पुगेको जानकारी दिइन्।
उनका अनुसार अहिले कोशी ब्यारेजका ५६ मध्ये १९ ढोका खोलिएका छन्।
यो वर्ष सप्तकोशीको जलसतह ३५ वर्ष यताकै उच्च तहमा पुगेको थियो।
साउन २९ गते सप्तकोशीकी बहाव ४ लाख ४० हजार क्यूसेक पुगेपछि ५६ वटै ढोका खोलिएको थियो।