शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नंं ८ स्थित पशुपति एकाडेमीले अभिभावक अभिमुखिकरण गरेको छ । पशुपति एकाडेमीमा अध्ययरत विद्यार्थीहरुका अभिभावकहरुलाई एक दिवशीय अभिमुखिकरण दिएको हो ।
शिक्षक, विद्यार्थी र अभिावकहरुलाई विद्यालय सञ्चालन, शिक्षक, विद्यार्थी र अभिभावकले गर्नु पर्ने कतव्र्यहरु के कस्ता हुन्छन् भन्ने विषयमा अभिमुखिकरण गरिएको पशुपति एकाडेमीले जनाएको छ ।
विद्यार्थीको भविष्यका बारेमा अभिभावक र शिक्षक कति जिम्मेवार हुन्छ । अभिभावकले आफ्ना छोराछोरीहरुलाई कसरी संस्कार सिकाउने भन्ने विषयमा पनि छलफल भएको थियो । पछिल्लो समय बालबालिकाहरुले घरमा बढी मोबाइल चलाउदा त्यसको असरको बारेमा समेत अभिमुखिकरणमा जानकारी गराइएको विद्यालयका प्रेन्सीपल चन्द्रप्रसाद खनालले जानकारी दिए । उनले विद्यालयले वर्षको एकपल्ट अभिभावकहरुका गुनासहरु पनि शिक्षक तथा विद्यालय प्रशासनलाई थाहा हुने र विद्यालयले सुधार गर्दै लैजान बताए ।
पशुपति एकाडेमी झापाका नाम चलेका विद्यालयहरु भन्दा गुणस्तरी शिक्षाका लागि अभियानकै रुपमा काम गर्ने पे्रन्सीपल खनालले जानकारी दिए ।
अभिमुखीकरणको सहजीकरण माधवमणि खनालले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य विनोद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक पदम पाठकले गरेका थिए ।