२०८१ कार्तिक ३०, शुक्रवार , ०५:५६:५१ बजे

Sajhamanch
'

आगामी वर्ष नेपालबाट १२०० इस्लाम धर्मावलम्बी हजयात्रामा जान पाउने

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहने इस्लाम धर्मावलम्बीका सरकारले आवेदन खुलाएको छ।गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिले सूचना निकालेर दुई महिनाभित्र आवेदन दिन आह्वान गरेको हो।

नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गरी फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिनेछ। नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँका अनुसार सन् २०२४ मा नेपालबाट एक हजार २०० जना हज गर्न जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकेको छ।

सम्बन्धित खबर