२०८१ पौष ७, आइतवार , ०५:४१:३९ बजे

Sajhamanch
'

त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

मङ्गलवार, साउन ३०, २०८०

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमडा गौतम तथा दीपक विष्ट रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका ६ जनामध्ये दीपक विष्टलाई काठमाण्डौबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।