२०८१ मंसिर १४, शुक्रवार , ०१:०५:३९ बजे

Sajhamanch
'

मेचीनगर ८ मा २५० परिवारलाई सुधारिएको चुल्हो वितरण

सोमवार, साउन २९, २०८०

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ८ का बासिन्दाहरुलाई सुधारिएको चुल्हो वितरण गरिएको छ ।

पूर्व जनप्रतिनिधिहरु विकेन्द्रकुमार धिमाल र सन्तोष मेचेको पहलमा एक वर्षअघि नै छनोट भई सिफारिस भएका स्थानीय २५० परिवारलाई इन्भारमेन्ट प्रोटेक्सन सेन्टर (इपिसी) नेपालको सहयोगमा सुधारिएको चुल्हो वितरण गरिएको हो ।

मेचीनगर ८ स्थित विभिन्न टोलका ती घरपरिवारले सुधारिएको चुल्हो निःशुल्क पाएपछि उनीहरु पनि दंग परेका छन् । प्रतिगोटा ५ हजार ५०० रुपैयाँ मूल्य पर्ने धुवाँ रहित सुधारिएको चुलो पाएपछि अब भान्सामा काम गर्न सहज भएको स्थानीयको भनाइ छ ।

थोरै दाउरा हालेर बिजुलीबाट पनि चलाउन मिल्ने उक्त चुल्होको वितरण मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । इपिसी नेपालका प्राविधिक अमर मेचेले दिएको जानकारी अनुसार इपिसी नेपालको सहयोगमा गत असार महिनामा मेचीनगर ९ मा २५० घर परिवारलाई पनि सुधारिएको चुल्हो निःशुल्क वितरण गरिएको थियो ।

सोही संस्थाको सहयोगमा गत महिना मात्रै मेचीनगरका विभिन्न ६ वटा माद्यमिक विद्यालयहरुलाई करिब ४२ लाख रुपैयाँको लागतमा शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट जडान गरिएको मेचेले जनाए ।

सम्बन्धित खबर