२०८१ माघ २७, आइतवार , ०१:४३:५६ बजे

Sajhamanch
'

अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु

शुक्रवार, साउन २६, २०८०

काठमाडौँ । अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो।

कुँवर बिहीबार बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

शुक्रवार, साउन २६, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर