२०८१ माघ २५, शुक्रवार , ०६:४४:५२ बजे

Sajhamanch
'

विराटनगरको प्लाष्टिक उद्योगमा आगलागी

बुधवार, साउन २४, २०८०

विराटनगर । विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी भएको छ ।

बुधबार बिहानको राति करिब १ बजे आगलागी भएको हो । आगलागीका कारण करिब तीन करोड बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुईं तलामा रहेको ‘यूपीएस रूम’मा आगलागी भएको प्रहरीले बताएको छ । आगलागीका कारण उपकरणहरु जलेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

नेपाल प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकलले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । ब्याट्री पड्किएर आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको देखिएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर