२०८१ फागुन २६, सोमवार , ०७:११:०४ बजे

Sajhamanch
'

कामबाट निकालेपछि आन्दोलनमा उत्रिए बुढीगंगाका कर्मचारी

मङ्गलवार, साउन २३, २०८०

विराटनगर । बुढीगंगा गाउँपालिकाले सम्झौता नवीकरण नगरेपछि कामबाट निकालिएका करारका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । करारमा कार्यरत कर्मचारीमध्ये २६ जनाको सम्झौता नवीकरण नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले आफूहरूलाई पुर्नवहालीको माग राख्दै मंगलबारदेखि सुरु गरेका छन् । मंगलबार आन्दोलनमा उत्रिएका कर्मचारीले कार्यालयको गेटमा तालाबन्दी गरेर प्रदर्शन गरेका छन् ।

तालाबन्दीका कारण जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राही कार्यालयभित्र प्रवेश गर्न पाएनन् । आन्दोलनमा उत्रिएका कर्मचारीले गाउँपालिकाले विभेदपूर्ण तरिकाले कामबाट निकालेको भन्दै पुनर्बहालीको माग गरेका छन् ।

पालिकाले सब इन्जिनियर, अमिन, अहेब, कार्यालय सहायकलगायतलाई कामबाट निकालेको थियो ।गाउँपालिकामा ६४ जना करारका कर्मचारी छन् ।

पालिका उपाध्यक्ष अमृताकुमार गच्छदारले कर्मचारी बढी हुँदा बेरुजु धेरै आएका कारण कार्यपालिकाको बैठकबाटै निर्णय गरेर करारका २६ जनालाई विदा गरिएको बताइन् ।

मङ्गलवार, साउन २३, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर