![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Madhav-kumar-nepal-1-e1691382937364.jpg)
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल युरोप भ्रमणमा गएका छन् ।
प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् ।
उनी प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ ।