२०८१ माघ २५, शुक्रवार , ०७:२६:१४ बजे

Sajhamanch
'

एक क्विन्टल सुन तस्करी प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान

आइतवार, साउन २१, २०८०

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ ।

यही साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अनुमानित एक क्विन्टल सुन बरामद गरेको थियो ।

सो प्रकरणमा संगठित समूह सक्रिय देखिएको भन्दै सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको हो । विभागले नियन्त्रणमा लिएका १८ जनाको मोबाइल फोनबाट आफूहरूले प्राविधिक विश्लेषण थालेको सीआईबी स्रोतको भनाइ छ ।

विभागले थप अनुसन्धानका लागि औपचारिक रूपमा प्रहरीसमक्ष पत्र भने नपठाएको नेपाल प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले बताए ।

“विभागबाट औपचारिक पत्र आएको छैन । हामीले प्राविधिक रूपमा अनुसन्धान त थालिसकेका छौँ । पत्र आजभोलिमा आउला,” डीआईजी कडायतले भने ।

पक्राउ परेकामाथि सुरुमा प्रहरीको सहयोगमा विभाग आफैँले अनुसन्धान अघि बढाएको थियो । सुन बरामद गरिएको २० दिनपछि भने बाँकी अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिने निर्यणमा विभाग पुगेको हो ।

सम्बन्धित खबर