२०८१ कार्तिक ३, शनिवार , ०८:४६:३६ बजे

Sajhamanch
'

दोलखामा पहिरोले पुरिएर ३ जना बेपत्ता

शुक्रवार, साउन १९, २०८०

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिए। यस्तै टोपाटारमा ३ घर पुरिएको उनको भनाइ छ।

यस्तै गएरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ। १५ घर विस्थापित भएको वडा अध्यक्ष शेर्पाले जानकारी दिए। दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

सम्बन्धित खबर