र. नं. ३/१/७(७८)०५३/०५४
श्री सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
बिर्तामोड–५, झापा
धितो लिलाम सम्बन्धी ३५ दिने सार्वजनिक सूचना
मितिः २०८० श्रावण १५ गते
यस संस्थाबाट तपशिलमा उल्लेखित ऋणीले लिएको कर्जाको साँवा, व्याज र अन्य दै–दस्तुरसमेत यसै संस्थासँगको शर्त कबुलियत बमोजिम समय समयमा तिर्नु बुझाउनु पर्नेमा सो नतिरी नबुझाई सो सम्बन्धमा पटक पटक टेलिफोन, प्रत्यक्ष भेटघाट तथा लिखित पत्र मार्फत तरताकेता गर्दा समेत सोको बेवास्ता गरी संस्थालाई तिर्नु बुझाउनु पर्ने रकम नबुझाई कर्जा सम्बन्धी शर्त बन्देज उल्लंघन गर्नु भएकोले सम्पूर्ण कर्जा चुक्ता गर्नको लागि पूर्वाञ्चल राष्ट्रिय दैनिकबाट कर्जा चुक्ता गर्ने ३५ दिने सूचना प्रकाशन गरिए तापनि कर्जा चुक्ता भुक्तान गर्नेतर्फ कुनै पहल नगरी आलटाल गरेको हुनाले कर्जा असुलीको लागि तपशिलमा उल्लेखित धितो (सम्पत्ति) जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्र प्रक्रियाद्वारा लिलाम बिक्री गरी संस्थाको लेना रकम असुल उपर गरी लिनुपर्ने भएकोले धितो लिलाम बिक्री सम्बन्धी यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । उक्त मितिभित्र नतिरे नबुझाएमा प्रचलित कानुुन बमोजिम यो सूचना प्रकाशित भएको मितिले ३६औँ दिन र सो दिन सार्वजानिक विदा परेमा त्यसको भोलिपल्ट यस संस्थाको कार्यालयमा यस संस्थालाई लेखिदिएको धितो सुरक्षणमा रहेको तपशिल बमोजिमको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने हुँदा खरिद गर्न इच्छुक महानुभावहरु समेतको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । धितो सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्री गर्दा समेत संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा प्रचलित कानुुन अनुसार ऋणी तथा व्यक्तिगत धन जमानीकर्ताको अन्य चल अचल जायजेथा श्रीसम्पत्तिबाट बाँकी साँवा, व्याज, हर्जाना तथा अन्य दै–दस्तुर असुल उपरका लागि अन्य प्रक्रिया अगाडि बढाइने व्यहोरा ऋणी तथा धन जमानीकर्ताहरु तथा सम्बन्धित सबैलाई यो सूचनाद्वारा सूचित गरिन्छ । साथै धितो लेखी दिने र व्यक्तिगत जमानी दिनुहुने सम्पूर्ण महानुभावहरुले समेत यसै सूचनाबाट जानकारी लिनुहुन सूचित गरिन्छ । उक्त दिन सम्बन्धित जग्गाधनी/ऋणीलाई समेत उपस्थितिका लागि अनुरोध गरिन्छ । तर निजहरु अनुपस्थित भएमा लिलामी प्रकृयामा बाधा पुगेको मानिने छैन ।
तपशिलः
क्र. सं. | ऋणिको विवरण | जग्गाको विवरण |
१ | नामः निर्मलादेवी राई ठेगानाः अर्जुनधारा ७ बाबुको नामः दिलप्रसाद राई बाजेको नामः वीरबहादुर राई श्रीमानको नामः राजकुमार राई |
जग्गा धनीको नाम : निर्मलादेवी राई जग्गाको साबिक ठेगाना : पारााखोपी – ०२ कित्ता नं. : २१२२ क्षेत्रफल : ०–१–० |
२ | नाम : गंगा धिमाल ठेगाना : अर्जुनधारा–७ बाबुुको नाम : बलबहादुर धिमाल बाजेको नाम : माना धिमाल श्रीमानको नाम : राजेन्द्रबहादुर धिमाल |
जग्गा धनीको नाम : चन्द्रमति धिमाल जग्गाको साविक ठेगाना : पारााखोपी– ०२ कित्ता नं. : २१२५ र २१२७, क्षेत्रफल : ०–१–० र ०–०–३ |
३ | नाम : अनिता श्रेष्ठ ठेगाना : मेचीनगर– ०६ बाबुुको नाम : भिमप्रसाद कार्की, बाजेको नाम : दुकबहादुर कार्की श्रीमानको नाम : एकराज श्रेष्ठ |
जग्गा धनीको नाम : एकराज श्रेष्ठ जग्गाको साविक ठेगाना : धुलाबारी ०४ कित्ता नं. : २५९७ र २५९८ क्षेत्रफल : ०–०–१०–० र ०–०–१०–० |
४ | नाम : बेचन तुराहा ठेगाना : अर्जुनधारा – ८ बाबुुको नाम : पाीलचन तुराहा बाजेको नाम : दयालाल तुराहा श्रीमतीको नाम : रेखा तुराहा |
जग्गा धनीको नाम : बेचन तुराहा जग्गाको साविक ठेगाना : शनिश्चरे–०२ कित्ता नं. : १८७० क्षेत्रफल : ०–०–५–० |
५ | नाम : नौयाराज चम्लागाई ठेगाना : बिर्तामोड– ५ बाबुुको नाम : कृष्णप्रसाद चम्लागाई बाजेको नाम : जयनारायण चम्लागाई श्रीमतीको नाम : पुष्पा चम्लागाई |
जग्गा धनीको नाम : नौयाराज चम्लागाई जग्गाको साविक ठेगाना : पृथ्वीनगर –०५ कित्ता नं. : १०२८ क्षेत्रफल : ८४६.५८ वर्ग मिटर |
नोट : यदि धितो लिलाम बिक्री हुुन नसकेमा संस्थाले आफैं उक्त धितो सदर गरी आफ्ना नाममा नामसारी गरी लिनेछ ।
– ऋण उपसमिति