२०८१ पौष १७, बुधवार , ०६:०५:४३ बजे

Sajhamanch
'

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । गाईभैंसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

‘मुस्ताङ र मनाङमा लम्पी स्किनको संक्रमण केही रोकिएको छ, अरू जिल्लामा संक्रमण दर कम हुँदै गए पनि फाट्टफुट्ट रूपमा देखिएको छ’, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा। ग्रिष्म न्यौपानेले भने, ‘गाईभैंसीमा औषधोपचार र खोप अभियान चलिरहेको छ।’

उनका अनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको संक्रमण देखिएको छ।

मुस्ताङको लोमान्थाङ, लो(घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको संक्रमण नदेखिएको महाशाखा प्रमुख डा। न्यौपानेले बताए।

गाईभैंसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

२०७७ सालमा पहिलोपटक कास्की, तनहुँ र नवलपुरमा देखिएकामा हालसम्म प्रदेशका ५८ हजार नौ सय ८२ गाईभैंसी संक्रमित भएका मन्त्रालयले जनाएको छ।

‘संक्रमितमध्ये दुई हजार दुई सय ८४ गाईभैंसीको मृत्यु भएको छ भने २७ हजार एक सय १८ गाईभैंसी निको भएका छन्’, उनले भने, ‘बाँकी संक्रमित गाईभैंसीको अहिले पनि उपचार भइरहेको छ।’

गण्डकीमा कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैंसी रहेकामा हालसम्म एक लाख तीन हजार दुई सय ३० गाईभैंसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको महाशाखा प्रमुख डा। न्यौपानले बताए।

‘जिल्लास्थित भटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। संक्रमित पशु भेटिए तुरुन्त औषधोपचार गरिरहेका छौं’, उनले भने, ‘संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।’

भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जिल्लामा रोगको संक्रमण भित्रिए पनि फैलन नपाएको बताए।

‘ज्यादै कम संख्यामा रोगको संक्रमण देखिएको थियो, अहिले नियन्त्रणमा आएको छ’, उनले भने, ‘खोप अभियान तीव्र बनाएका छौं, पशु प्राविधिक गाउँगाउँ खटिनुभएको छ।’

गण्डकीमा कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैंसी रहेकामा हालसम्म एक लाख तीन हजार दुई सय ३० गाईभैंसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको महाशाखा प्रमुख डा। न्यौपानले बताए।

हिमाली जिल्लामा गाईभैंसीपालन कम हुने भएकाले पनि रोग नियन्त्रण गर्न सहज भएको केन्द्रका प्रमुख कुसुमको भनाइ थियो। चरिचरनमा लैजाँदा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुइँको प्रयोग लगायत कारणले ‘लम्पी स्किन’ गाईभैंसीमा सर्ने गरेको उनले बताए। संक्रमित गाईभैंसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन्।

उक्त रोगको औषधि पत्ता नलागेकाले खोप नै बढी प्रभावभारी हुने महाशाखा प्रमुख डास् न्यौपानले बताए। उनका अनुसार लामखुट्टे, किर्नाजस्ता टोक्ने किराबाट ‘लम्पी स्किन’ गाईभैंसीमा सर्ने गरेको छ। भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा रोग निको हुने उनले बताए।

‘लम्पी स्किन’ रोग लाग्दा गाईभैंसीमा उच्च ज्वरो आउने, तौल घट्ने, छालामा गाँठागुँठी आउने जस्ता लक्षण देखिने गरेको छ। सयममै संक्रमण नियन्त्रण गर्न नसके ठूलो पशुधनको क्षति व्यहोर्नुपर्ने अनुमान नेपाल पशु चिकित्सा परिषद्ले गरेको छ।