२०८१ पौष १२, शुक्रवार , १०:३०:०४ बजे

Sajhamanch
'

दाङमा सर्पले डस्दा एक बालकको ज्यान गयो

सोमवार, साउन ८, २०८०

दाङ । दाङको शान्तिनगर गाउँपालिका-७ मा सर्पको डसाइबाट एक बालकको ज्यान गएको छ ।

सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको ज्यान गएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको हो।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइए पनि उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकोमा उनको उपचारका क्रममा ज्यान गएको हो।

सम्बन्धित खबर