२०८१ फागुन १, बिहिवार , ०८:४९:५३ बजे

Sajhamanch
'

पहिरोमा पुरिएर आमाछोराको मृत्यु, एकजना घाइते

सोमवार, साउन ८, २०८०

काठमाडौं । बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२, भैरुमा पहिरो खस्दा उनीहरूको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख एवं डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

डीएसपी शाहीका अनुसार आज बिहान करिब २ बजेतिर घरमाथिबाट पहिरो खस्दा उनीहरू पुरिएका थिए । “यहाँ अविरल वर्षापछि घरमा पहिरो खस्दा पुरिएर उनीहरूको मृत्यु भएको हो,” उनले भने ।

पहिरोमा परेर एकजना घाइते भएका छन् । स्थानीय १८ वर्षीय गोब्बर जागरी घाइते भएका उनले बताए ।

हातखुट्टामा चोट लागेका जागरीलाई उपचारका लागि बैतडीको सीमामा पर्ने दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा पठाइएको डीएसपी शाही जानकारी दिए ।

सम्बन्धित खबर