काठमाडौं । नेपाली चलचित्र क्षेत्रका तीन वरिष्ठ अभिनेत्रीहरूको नामबाट स्थापित भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा गरिएको छ । २०७८ र २०७९ सालको पुरस्कारको घोषणा गरिएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले जनाएको छ ।
२०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने जनाइएको छ ।
गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गरिने भएको छ । अभिनेत्री मिथिला शर्मालाई २०७८ र अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार प्रदान गरिने भएको छ ।
पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ छ ।