२०८१ माघ ३०, बुधवार , ०४:४७:२९ बजे

Sajhamanch
'

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट पाँचजना समातिए

सोमवार, साउन १, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँमा डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका–११ भोजाङ घर भएका ५० वर्षीय जगतबहादुर गुरुङसमेत रहेका छन् ।

गुरुङकै कोठामा जुवातास खेलिरहेको अवस्थामा उनी समेत पाँचजनालाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ३०० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।


सम्बन्धित खबर