![](https://sajhamanch.com/wp-content/uploads/2023/07/1689574999_accident-1200x560-1.jpg)
काठमाडौँ । कास्की रूपा गाउँपालिका-३ पोल्याङ ठाँटिथरमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको मध्य नेपाल –६ भोर्लेटारका २३ वर्षीय विवेक विक रहेका छन्। उनका भाइ २० वर्षीय दीपेन्द्र विक गम्भीर छन्।
कास्कीबाट लमजुङको भोर्लेटार जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई बिहान ७:३० बजेको समयमा ठक्कर दिएको थियो। प्रहरीका अनुसार बसमा सवार सबै सकुशल छन्।
इलाका प्रहरी कार्यालय शिशुवा कास्कीका इन्चार्ज डिएसपी प्रकाश दाहालका अनुसार २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। उनका भाइ दीपेन्द्रको पनि अवस्था गम्भीर रहेको उनले बताए।
बसका चालक रूपा गाउँपालिकाकै विशाल गुरूङलई नियन्त्रणमा लिइएको डिएसपी प्रकाश दाहाले बताए।