२०८१ माघ ९, बुधवार , १०:५६:१४ बजे

Sajhamanch
'

भोलिदेखि लागू हुने गरी श्रमिकको न्युनतम ज्याला बढाइयोस् : विश्व प्रकाश शर्मा

आइतवार, असार ३१, २०८०

काठमाडौं । सांसदहरुले श्रमिकको न्युनतम ज्याला बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुलले श्रमिकको न्युनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेका हुन् ।

हरेक तीन वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला तोक्नमा ढिलाइ भएको भएको भन्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विश्व प्रकाश शर्माले सरकारको ध्यानाकर्षण गरे ।

कांग्रेसकै अर्का सांसद रमा कोइराला पौडेलले साउन १ गते देखि नै लागू हुने गरी श्रमिकको न्युनतम ज्याला बढाउन माग गरिन् । ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु’ उनले भनिन् ।

सम्बन्धित खबर