२०८१ माघ ३०, बुधवार , ११:१६:२५ बजे

Sajhamanch
'

‘लाइफ पार्टनर भैदिएको भए जीवन राम्रो हुन्थ्यो भनेर सोच्दा अचम्मित हुन्छु’

आइतवार, असार ३१, २०८०

अभिनेत्री मनीषा कोइरालाले एक नयाँ अन्तर्वार्तामा मातृत्व र विवाहको बारेमा कुरा गरेकी छन् । आफू क्यान्सर सर्भाइभर रहेको चर्चा गर्दै उनले आमा बन्ने आत्मविश्वास तत्काल नरहेको तर, त्यसलाई अस्वीकार गर्न नसक्ने पनि बताएकी छन् ।

आफूसँग ‘अद्भुत आमाबाबु र अद्भुत साथीहरू’ भए तापनि कहिलेकाहीं जीवन साथी भइदिएको भए राम्रो हुने उनको सोच छ ।

भारतीय संचारमाध्यम इ-टाइम्ससँगको अन्तर्वार्तामा उनले भनिन्, ‘परिवार बसाउनु अब ढिला भैसक्यो । मलाई थाहा छैन, यदि मसँग जीवनसाथी भइदिएको भए जीवन राम्रो हुन्थ्यो भनेर सोच्दा अचम्मित हुन्छु । मेरो जीवनले पूर्णता प्राप्त गरेको तथा कुकुर र बिराला मोग्ली र सिम्बा मेरा बच्चाहरु हुन् भन्ने सोच्छु । यसबाहेक मसँग बाबुआमा र साथी सर्कल पनि छन् । म सोच्छु कि मेरो जीवन साथी भएको भए के यी चीजहरु हुन्थे ?

सोही अन्तवार्तामा मनीषाले मातृत्वको बारेमा पनि कुरा गरेकी छन् । यदि आत्मविश्वास पलाएको खण्डमा एकल आमाको रुपमा बच्चा हुर्काउन मन पराउने उनको भनाइ छ ।

मनिषाले भनिन्, ‘यस संसारमा बच्चा हुर्काउन कति जिम्मेवार हुनुपर्छ भन्ने मलाई थाहा छ । एक्लो आमाको हैसियतमा म त्यो गर्न सक्छु भन्ने विश्वास पाउँछु, म त्यो गर्नेछु । मेरो स्वतन्त्रताको भावना जुन मैले उठाइरहेको छु र जसलाई म पछ्याउन चाहन्छु, मेरो स्वास्थ्यको पृष्ठभूमिलाई ध्यानमा राख्दै मैले ती सबै त्याग गर्न सक्छु र अभिभावक बन्नमा ध्यान केन्द्रित गर्न सक्छु भने, म त्यो गर्न चाहन्छु ।’

मनीषाले २०६७ सालमा सम्राट दाहालसँग काठमाडौंमा विवाह गरेकी थिइन् । विवाहको दुई वर्षमै उनीहरु अलग भएका थिए । सोही वर्ष मनीषा ओभरियन क्यान्सर भएको पुष्टि भएको थियो ।

सम्बन्धित खबर