काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । दोषीलाई कारबाही हुने भन्दै उनले प्रहरीलाई कुनै दबाब नदिएको दाबी गरे ।
चितवनको भरतपुरमा आज पत्रकारसँग मन्त्री श्रेष्ठले निर्दोष फस्ने र दोषी उम्किने अवस्था आउन नदिन आफू सचेत रहेको बताए । “तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ,” उनले भने, “कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने छन् ।”गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितले न्याय पाउने दोहोर्याए ।